Shikhar Insurance
National Life

‘चुनौतीपूर्ण अर्थतन्त्रमा सिंहदरबारको खबरदारी आवश्यक छ, हाम्रो सहकार्य बढ्नेछ’–एनबीए अध्यक्ष केसी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १३:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन ‘सिंहदरबार डटकमले २ वर्षे यात्रा पार गरेको अवसरमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले शुभकामना दिएको छ । संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रको तर्फबाट नेपाली आर्थिक अनलाइन सञ्चार जगतमा आफ्नोे अलग पहिचान बनाइसकेको सिंहदरबार डटकमलाई आगामी दिनमा थप सफलताको शभकामना दिएका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेत रहेका संघका अध्यक्ष केसीले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई सवल बनाउन सिंहदरबारको खबदारी आवश्यक रहेको भन्दै आगामी दिनमा सहकार्यको प्रतिवद्धता गरेका छन् ।

‘सिंहदरबार डटकमले २ वर्षे यात्रा सफलता पुर्वक पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ, यो अवसरमा सिंहदरबार टिमलाई नेपाल बैंकर्स एसोसिएशनकोतर्फबाट हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु । २ वर्षको अवधिमा सिंहदरबारले नेपालको बैंकिङ क्षेत्रको सँगै सम्पुर्ण आर्थिक क्षेत्रको विकासको लागि पहल कदमी तथा योगदानको लागि सम्पुर्ण बैंकिङ क्षेत्रकोतर्फबाट धन्यवाद दिन चाहन्छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले बैंकिङ तथा आर्थिक क्षेत्र सबैको लागि चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा यस्तो अवस्थाको समाना गर्न आगामी दिनहरुमा सिंहदरबार डटकमले अझै धेरै सकारात्मक भुमिका खेल्ने उनले सिंहदरबार टिमलाई शुभकामना दिएका छन् । सिंहदरबार डट कम वि.सं. २०७७ साल फाफन ७ गतेदेखि सञ्चालनमा आएको हो । सो यता सिंहदरबार डटकमले निरन्तर रुपमा समाजिक, राजनीति तथा विषेश गरी आर्थिक क्षेत्रमा कलम चलाइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्