सबैजनालाई कोटी कोटी नमस्कार म कलाकार कोशल हमाल । कर्णालीको मुलद्वार सुर्खेतमा बोलाएर आफ्नो कथा सुनाउने अबसर दिनुभएकोमा कर्णाली उत्सवलाई हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । मेरो दृष्टिकोणमा पैकेलो अर्थ फरक छ । पैकेलो निर्माण गर्न पृष्ठभूमिका पैकेलो जहिले पर्दापछाडि हुन्छन् । बुद्ध पैकेलो हुनुभन्दा पहिले त उहाँको आमा हुनुहुन्थ्यो, बुद्धले भन्दा धेरै ध्यान उहाँको आमाले गर्नुभयो । त्यसैले बुद्ध बुद्ध भए जन्मिए । अहिले हामीले बुद्धलाई शान्तिको दूत भनेर चिन्छौं । म कोशल हमाल पनि कर्णालीमा जन्मिएर कर्णालीले नै महत्व दिएको मान्छे हुँ ।
मैले ३ कक्षादेखि १० कक्षासम्म पढ्दा एउटै रुचिले जेलिएँ । त्यतबेला मेरो सबैभन्दा ठूलो रुचि भनेको सिङहरु भेला पार्नु थियो । अरुको घरमा खसी च्यांग्रा र भेडा काटिएको भोलिपल्टदेखि सिङ भेला पार्ने रुचि थियो । कहिलेकाँही भैसीको सिङ पनि भेला पार्थें । सिङ बचाउन पनि मैले। खुब मेहनत गरेको छु । मैले माटो र ढुंगाको सानो घर बनाउथें र त्यो सिंग अरु कसैले नदेखोस भनेर घर पछाडीको बारीमा खाल्डो खनेर पुरिदिन्थे । मलाई कसैले पनि मेरो सिंग नचोरोस् भन्ने लाग्थ्यो ।
त्यही बेला मेरो अर्को रुचि झिंगा हेर्ने थियो । सायद त्यसबेला म युवा हुन्थें र त्यस समयमा कसैले झिंगा र गर्लफ्रेण्ड मध्ये कसलाई रोज्नुहुन्छ भनेर सोधे मैले झिंगा रोज्थे । झिंगा मेरो कोठामा बसोस् भनेर तार र डोरीको बाटो बनाइदिएको दिएँ । झिंगा हटाउन भनेर घरमा औषधी राखिन्थ्यो तर मैले औषधी नै लुकाइदिन्थें, किनभने मलाई झिंगा जम्मा गर्नु थियो, झिंगा बचाउनु थियो । मैले बाल्यकालको सबैभन्दा नजिकको साथी झिंगा र सिंगलाई बनाएर उनीहरुसँग आँखा जुधाएर कुरा गर्थे ।
मेरो दुई खाले स्कुल थियो त्यसबेला । एउटा औपचारिक शिक्षा प्राप्त गर्ने स्कुल र अर्को झिंगा र सिङको स्कुल थियो । शिक्षकहरुले अगाडि पढाउँदा मैले स्कुलमा गएर झिंगा र सिंगको चित्र बनाएर बस्थें । अरु स्कुल जान्थे, घरमा होमवर्क गर्थे । म घरमा मेरो झिंगा र सिंगको स्कुलमा रमाउँथे, स्कुल गएर होमवर्क गर्थें । उनीहरुलाई सम्झिएर चित्र कोर्थे । मेरो रुचि र पढाइ फरक हुँदा मैले पढाइ राम्रो गर्न सकिन ।
सिंग र झिंगा पछि म अब आमा र दिदीमा जान्छु । त्यसबेला एकजना दिदीले हिउँ जम्मा पारेर मान्छे बनाउने, हिउँ बनाउने गर्नुहुन्थ्यो । ती हिउँमान्छेहरुलाई मैले टाढाबाट हेर्थें । तर मान्छेहरुसँग आइ कन्ट्याक हुन पाएन । हिउँले बनाएका मुर्ति हेर्न पाएँ, उनीहरुसँगै कुरा गरेँ । अर्को मेरो माइलो बुवाका छोरा भरत हमालले मुहारचित्र बनाएर राख्नुहुन्थ्यो । त्यसलाई मैले प्रेमसहित हेर्न थाले । हिउँ एकपटक पथ्र्यो तर मैले बर्षभरि हिममानवको चित्र बर्षभरि सम्झिन थाले । हिममानव, झिंगा, सिंग र मुहारचित्रले मेरो कलायात्रामा प्रभाव पार्न थाल्यो, सायद मेरो कलाको आधार त्यही थियो । त्यही जगमा टेकेर म हिडिरहेको छु ।
चित्रमा मात्रै ध्यान दिँदा मैले एसएलसीमा राम्रो अंक ल्याउन सकिन । एसएलसीमा विज्ञानमा चारवटा मात्रै चित्र बनाएर फर्किएको थिएँ र त्यही चित्र बनाएर पनि म पास भए ।
एसएलसी पछि दिदी र आमाले सहयोग गर्नुभयो । दिदीले उहाँले काठमाडौं बोलाउनुभयो र मलाई ललितकला क्याम्पसमा भर्ना गरिदिनुभयो । एकदमै सानो फुच्चे, ललितकला क्याम्पसमा कसैले पनि मलाई विद्यार्थी भनेर सोचेनन होला ।
मैले एकपटक चित्र बनाइरहेको थिएँ, सरले बोलाएर ओइ केटा ललितकला क्याम्पस पढ्न मन छ भने एसएलसी पास गरेर आ भन्नुभयो । त्यहाँ पनि मैले मान्छेहरुको अनुहार हेर्न सकिन खुट्टाहरु हेरेर मान्छे चिन्थें ।
म मुगुबाट आएको मान्छे अंग्रेजी राम्रो थिएँ । मैले अरु बिद्यार्थीहरुभन्दा डबल काम गर्दै आएँ । ललितकला क्याम्पसमा पछि मलाई शिक्षकहरुले मलाई एकदमै रुचाउँदै जान थाल्नुभयो । उहाँहरुले तिमी ठूलो आर्टिस हुनेछौं भनेर आर्शिवाद दिनुभएको थियो । उहाँहरुले मलाई पाकिस्तान पढ्न पनि पठाउनुभयो । त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
ललितकला क्याम्पसमा शास्त्रिय तरिकाले पढाइ हुन्थ्यो । एउटा कक्षामा एउटा शिक्षक हुनुहुन्थ्यो, पाकिस्तानमा चाँहि एउटा क्लासमा तीनजना शिक्षक हुनुभयो । त्यहाँ धेरै परीक्षा हुन्थ्यो । पाकिस्तानका त शिक्षकहरुको गाली गराई पनि क्रियटिभ थियो । मैले त्यहाँ पहिलो परीक्षामा १०० मा १० नम्बर पाएको थिएँ, अन्तिम परीक्षामा त म टपर नै भएँ । त्यसपछि मलाई शिक्षकहरुले झन माया गर्न थाल्नुभयो । त्यसरी मैले आफ्नो यात्रा अगाडि बढाउँदै गएँ । त्यसबेला हामीले ६ महिनाभरि गरेको चित्र देखाउनुपथ्र्यो । मेरो डिग्री सो यति पावरफुल भयो कि पाकिस्तानका सबै मिडियाले कभर गरे । मेरो सबै काम बिक्री भयो, त्यस दिनलाई म आफ्नो जन्मदिन भनेर मनाउँछु । जुन ७ २०११ म मेरो जन्म भयो, कलाकारका रुपमा । अहिले मैले जति गरिरहेको छु । त्यो जन्म हुनुमा श्रेय कर्णालीलाई जान्छ ।
प्रतिक्रिया दिनुहोस्