Shikhar Insurance
National Life

एभरेष्ट बैंकले रोबिटिक प्रोसेसबाट अटामेशन सर्भिस दिने, क्वीक फक्ससँग सम्झौता

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ५, शुक्रबार १९:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना बिभिन्न बैंकिंग सेवाहरु प्रदान गर्ने कायर्हहरु अटोमेशसन गर्नका लागि क्वीक फक्स कन्सल्टिङ प्रालीसँज सम्झौता गरेको छ । सम्झौतासँगै एभरेष्ट बैंकको रोबोटिक प्रोसेस अटोमेशनको यात्रा सुरु भएको छ । एभरेष्ट बैंक निरन्तर रुपमा सबल हून, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेशनको यात्रा शूरु गरेको हो ।

बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहूने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पुरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नू पर्ने र मानविय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रूूटीपुर्ण हून सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिमएसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्