Shikhar Insurance
National Life

ब्रोकर शाखाको चुक्ता पुँजी डेढ करोड तोकियो, आवेदन दिएको १५ दिनमै सञ्चालनकाे स्वीकृति

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ५, शुक्रबार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) कम्पनीहरुले आवेदन दिएको १५ दिनभित्रै शाखा कार्यालय पाउने व्यवस्था गरेको छ । बोर्डले शाखा कार्यालयहरुको समेत चुक्ता पुँजी निर्धारण गर्दै निर्धारित व्यवस्था पालना गरी आवेदन दिएको १५ दिन भित्रै शाखा खोल्न पाउने व्यवस्था गरेको हो ।

बोर्डले धितोपत्र दलाल व्यवसायले शाखा कार्यालय खोल्न पाउने सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै ब्रोकर कम्पनीले शाखा कार्यालय खोल्न सहजीकरण गरिदिएको छ । यसअघिसम्म ब्रोकरहरुले शाखा कार्यालय खोल्नको लागि बोर्डमा आवेदन दिएर स्वीकृतिको प्रक्रियामा महिनौं कुर्नु पर्ने हुन्थ्यो । सो प्रक्रियालाई छोट्याउँदै बोर्डले प्रति शाखा १ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरि एक पटकमा एउटा शाखाको आवेदन दिएर शाखा सञ्चालनमा ल्याउन पाउने व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ व्यवस्थाअनुसार ब्रोकर कम्पनीहरुले दिएको निवेदन उपर बोर्डले १५ दिनभित्रै जाँचबुझ गरेर पुर्वाधार तयारी गरी शाखा कार्यालय खोल्न स्वीकृति दिनेछ । तर, नयाँ शाखा खोल्न कार्यालय सञ्चालन गर्नु पुर्व भने बोर्डमा जानकारी गराउनु पर्ने हुन्छ । सञ्चालनमा आएका ब्रोकरका शाखा बोर्डले आवश्यक ठानेमा निरिक्षण गर्ने छ । निरिक्षणको क्रममा तोकिएका मापदण्ड पुरा नगरेका, कारोबार गर्न नसक्ने शाखा कार्यालयको स्वीकृति बोर्डले रद्द गर्ने उल्लेख गरेको छ ।

यसैगरी, ब्रोकर कम्पनीको मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्न पाउने छैनन् भने काठमाडौं उपत्यका बाहिर कम्तीमा ३ वटा शाखा कार्यालय खोलेपछि मात्रै उपत्यकामा खोल्न पाइन्छ । शाखा कार्यालय खोल्ने ब्रोकर कम्पनीको नेटवर्थ चुक्ता पूँजीभन्दा बढी हुनुपर्नेछ । शाखा कार्यालय खोल्न अनुमति लिएर सञ्चालन गर्न नसक्ने ब्रोकर कम्पनीले कम्तीमा १ वर्षसम्म अर्को शाखा कार्यालय खोल्न अनुमति पाउने छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्