काठमाडौं । कृषि बिकास बैंकको सिईओ दौडमा रहेका मध्ये टप फाईभ प्रतिस्पर्धी छानिएका छन् ।
संचालक सुमन दाहाल नेतृत्वको छनौट समितिले २२ आवेदकबाट टप ५ जनाको नाम छनौट गरेको हो ।टप ५ मा गोबिन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र बिष्णु देव यादव रहेका छन् । यिनै पाँचमध्ये बाट अब कृषि बिकास बैंकले सिईओ पाउनेछ ।
गोबिन्द गुरुङ सिभिल बैंकका पुर्व सिईओ हुन । उनले म्यानमारमा सिटिजन बैंकको समेत नेतृत्व सम्हालेका छन् । प्रताप सुवेदी बैंककै निमित्त सिईओको जिम्मेवारीमा छन् भने यज्ञ न्यौपानेले बैंकमै दोश्रो बरियताको जिम्मेवारी सम्हालिरहेका छन् । बद्री गुरागाई राष्ट्रिय सहकारी बैंकको सिईओ छन् । बिष्णु देब यादव भने नेपाल एसबीआई बैंकका एजिएम छन् । अन्तर्वार्ताबाट ३ जनाको नाम सिईओका लागि सिफारिस हुनेछन् । संचालक समितिले ती ३ जनामध्ये बाट एक जनालाई सिईओ नियुक्त गर्नेछ । उनीहरूलाई फागुन ६ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्