Shikhar Insurance
National Life

एनआईबीएल एस क्यापिटलद्वारा आयोजित लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ४, बिहीबार १७:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईबीएल एस क्यापिटलद्वारा आयोजित लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले डियरवाक ग्रुप लिमिटेड अन्र्तगत रहेका डियरवाक कम्पवयर र सिफल स्कुलमा कार्यरत विभिन्न तहका कर्मचारीहरुका लागि सो सचेतना कार्यक्रम संचालन गरेको हो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे संचिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अन्र्तगत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा संचिप्त छलफल भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरीएको थियो । यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटलले लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्