Shikhar Insurance
National Life

१३ अंकले घट्यो नेप्से, अपी पावरको ६ करोड माथि कारोबार

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३, बुधबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १३.९० अंकले घटेर २,०९१.५६ को विन्दुमा बन्द भएको छ । भने ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स १.६६ अंकले घटेर ४००.०३ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर १ अर्ब ७३ करोड २५ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार नेप्से परिसूचक १६.४० अंकले घट्दा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँमा बराबरको सेयर खरिदबिक्रीभएको थियो । यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएको ३७ कम्पनीको सेयर मूल्य बढेको छ । १७६ कम्पनीको सेयर मूल्य घटेको छ । भने ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बुधबार यूनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ । भने, गरिमा डिबेन्चर २०८५ को मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, अरुण काबेली पावरको ५ करोड ४८ लाख, एनआइसी एशीया बैंकको ४ करोड ६९ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ७८ लाख र न्यादी ग्रुप पावर कम्पनीको ३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र छ ।

१३ वटा समूहगत उपसूचकहरु मध्य उत्पादन तथा प्रशोधनमुलक समूहको परिसूचक ०.९३ प्रतिशतले बढेको छ । भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यसदिन होटल एण्ड टुरीजम समूहको परिसूचक सबैभन्दा बढी १.२७ प्रतिशतले घटेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्