Shikhar Insurance
National Life

उदिपुर-भरतपुर प्रसारण लाइन निमार्णका लागि थपेको म्याद सकिँन्छ, काम सकिँदैन

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३, बुधबार १२:२७
Hyundai
NCELL
NIMB

लमजुङ । लमजुङ निर्माणाधीन उदिपुर-मार्कीचोक-भरतपुर १ सय २० केभी प्रसारण लाइनको म्याद पटक-पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । ३ वर्षमा सक्नुपर्ने काम ६ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन ।

प्रसारण लाइनको म्याद म्याद ३ पटक थपिएको छ । तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो । प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ”, उनले भने । आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्याउनका १ सय ९३ टावर निर्माण गर्नुपर्नेछ । लमजुङमा ४५ टावर निर्माण हुनेछन् । हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन् ।

दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमस्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्यायन ६ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ । उदिपुरबाट मध्यमस्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ । गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्