Shikhar Insurance
National Life

७ महिनामा बैतडीमा विकास बजेट खर्च १५ प्रतिशत मात्रै

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३, बुधबार १२:०८
Hyundai
NCELL
NIMB

बैतडी । बैतडीमा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा बैतडी प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र संघीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट २ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ मध्ये चालु आवको अहिलेसम्म ३८ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको १५.६३ प्रतिशतमात्रै हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै प्रदेशतर्फको चालु बजेट ६९ करोड १३ लाख रुपैयाँ रहेकामा २५ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । चालुतर्फ कुल बजेटको ३६.७८ प्रतिशत रकम खर्च भएको छ । यस्तै संघका कार्यालयको पनि विकास खर्च कमै देखिएको छ । चालु आवको अहिलेसम्म जिल्लामा संघका कार्यालयको विकास बजेट २१.६४ प्रतिशत खर्च भएको छ । संघका कार्यालयको कुल पुँजीगत बजेट ७८ करोड ६ लाख रुपैयाँमध्ये १६ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै चालुतर्फ भने संघका कार्यालयको खर्च ५९.७६ प्रतिशत पुगेको छ । नेपाली सेना, प्रहरीको तलबसमेत यसैमा समावेश रहेकाले यो खर्च बढेको हो । संघ मातहत रहेका कार्यालयको कुल चालुतर्फको बजेट ६ अर्ब १० करोड ४७ लाख रुपैयाँ रहेकामा ३ अर्ब ६४ करोड ८२ लाख ८१ हजार रुपैयाँ खर्च भएको भट्टले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्