काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ एकिकृत निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले एकीकृत निर्देशन, २०७९ जारी गरेको हो ।
जसमा एकीकृत निर्देशन, २०७८ र सो पश्चात २०७९ माघ मसान्त सम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा कुनै नयाँ व्यवस्था नभएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । नयाँ निर्देशिकामा राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गरेको बुदाँहरुलाई समेटेको हो ।
राष्ट्र बैंकले एकिकृति निर्देशन २०७८ मा परिवर्तन, परिमार्जन तथा थप व्यवस्था गरेका बुँदाहरुः
–न्यूनतम पुँजीकोष सम्बन्धी व्यवस्था
–कर्जा प्रवाह, वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था
–एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट र सुविधाको सीमा निर्धारण सम्बन्धी व्यवस्था
– लेखानीति तथा वित्तीय विवरणहरुको ढाँचा सम्बन्धी व्यवस्था
– जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था
– संस्थागत सुशासन सम्बन्धी व्यवस्था
– सुपरिवेक्षकीय निर्देशन लागू गर्ने कार्य तालिका सम्बन्धी व्यवस्था
– लगानी तथा सहायक कम्पनी सम्बन्धी व्यवस्था
–तथ्याङ्क विवरण सम्बन्धी व्यवस्था
–संस्थापक सेयर नामसारी वा खरिद/विक्री वा हक हस्तान्तरण सम्बन्धी व्यवस्था
– सह ( वित्तीयकरण कर्जा सम्बन्धी व्यवस्था
–कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था
–अनिवार्य मौज्दात र वैधानिक तरलता सम्बन्धी व्यवस्था
–शाखा र कार्यालय खोल्ने सम्बन्धी व्यवस्था
– व्याजदर सम्बन्धी व्यवस्था
– वित्तीय स्रोत संकलन सम्बन्धी व्यवस्था
– विपन्न वर्ग तथा तोकिएका क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा सम्बन्धी व्यवस्था
–स्तरोन्नति हुने, कार्यक्षेत्र विस्तार वा संकुचन तथा गाभ्ने गाभिने सम्बन्धी व्यवस्था
–सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था
–वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धी व्यवस्था
प्रतिक्रिया दिनुहोस्