काठमाडौं । सुनचाँदी बजारमा बुधबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सर्वजनिक गरेको विवतरण अनुसार बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ रहेको छ । यो मूल्य अघिल्लो कारोबारको दिन अर्थात मंगलबारको तुलनामा २ सय रुपैयाँ कम हो । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा काराबार भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्