Shikhar Insurance
National Life

नेप्से र कारोबार रकम दुबै घट्यो, हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २, मंगलवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार १६.४० अंक घटेर २,१०५.४६ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.७४ अंक घटेर ४०१.६९ को विन्दुमा बन्द भएको हो ।

मंगलबार दिनभरीमा २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर १ अर्ब ७८ करोड ७० लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से परिसूचक ६०.७७ अंकले घट्दा २ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यस दिन नेप्से सँगै कारोबार रकम पनि घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन कारोबारमा आएका मध्य ४५ कम्पनीकाके सेय मूल्य बढेको छ । १६२ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ८ कम्पनीको सेयष्र मूल्य स्थिर छ ।

नेप्सेका अनुसार युनिलिभर नेपालको सेयर मूल्य सबैभन्दा बढी ६.१२ प्रतिशतले बढेको छ । भने, बाराही हाइडोपावर कम्पनीको सेयर मूल्य ५.०ठ प्रतिशतले बटेको छ ।

मंगलबारको कारोबारमा हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, न्यादी ग्रुपको ७ करोड ७४ लाख, एनआइसी एशीया बैंकको ६ करोड ९० लाख, नेपाल इन्स्योरेन्सको ४ करोड ७२ लाख र अपी पावर कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

१३ उपसमूह्मध्ये यस दिन उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको छ। कारोबारमा आएका लगानी र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्