Shikhar Insurance
National Life

भारतबाट अम्रिसोको माग बढेपछि नेपालमा कुचोको मूल्य तीन गुणा वृद्धि

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २, मंगलवार १३:११
Hyundai
NCELL
NIMB

ताप्लेजुङ । पछिल्लो समय भारतबाट अम्रिसोको माग बढ्न थालेपछि नेपालमा कुचोको मूल्य तीन गुणा बढीले वृद्धि भएको छ । अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका हुन्।

३ वर्षअघि प्रतिकिलो ३५ का दरले मुस्किलले बिक्री गरेका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी १ सय २० मा बिक्रीगरे । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मूल्यमा उतारचढाब आइरहे पनि यो वर्ष प्रतिकिलो १ सयदेखि १ सय २० सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका स्थानीय रुपनारायण पाण्डेले प्रतिकिलो १ सय २० सम्म लगाएर १० क्विन्टल अम्रिसो जम्मा गरेका छन् । झापाको धुलाबारीमा लगेर बिक्री गर्दै आएका पाण्डेले यो वर्ष केही बढ्नसक्ने अनुमान गरेको बताए । अम्रिसो झापाको धुलाबारीमा पुर्याउँदा गत वर्ष १ सय ४१ सम्म बिक्री भएको उनको भनाइ छ ।

केहि समय यता भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । कुनै समय बिक्रीका लागि नभइ घाँस र कुचोका अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रुपमा र पातलाई घाँसका रुपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रुपमा बिक्री गर्दै आएका छन् ।

बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईबस्तुका लागि निक्कै उपायोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्