Shikhar Insurance
National Life

सिभिल बैंक फागुन १२ गते हिमालयनमा बिलय हुँदै, एकिकृत कारोबारका लागि ८ गतेदेखि नै शाखा बन्द

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २, मंगलवार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंक हिमालयन बैंकमा विलय हुने मिति तय भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट फागुन १२ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको हो ।

गत असार २९ गते यी बैंकबीच मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतामा १००ः ८१ स्वाप रेसियोमा मर्जर हुने भनिएको पनि अन्तिम स्वाप रेसियो १००.८०.२९ तय आएको छ । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०।२८ कित्ता सेयर अनुपात हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी बैंकहरुको मर्जर प्रकृयालाई राष्ट्र बैंकले माघ १६ गते नै अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले अन्तिम स्वीकृत पाएको १ महिना भित्रै एकिकृत कारोबार सुरु गर्नु पर्ने नियामकिय प्रावधान हो । सोही अनुसार यी बैंकहरुले फागुन १२ गते नै एकिकृत कारोबारको मिति तय गरेका हुन् ।

एकिकृत कारोबारका लागि हिमालयन बैंक र सिभिल बैंकको शाखाहरु फागुन ८ गतेदेखि नै बन्द गरिने बताइएको छ । सिस्टम अपग्रेसन तथा डेटा माईग्रेसनका शाखा कार्यालय बन्द गर्न लागिएको हो । हिमालयन बैंकको भने केही सन्ध्याकालिन काउन्टर सेवामात्रै बन्द हुनेछन् भने सिभिल बैंकको सम्पुर्ण शाखा बन्द रहनेछन् ।
सो अबधिमा हिमालयन बैंकबाट जारी भएको एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारहरु सुचारु रहनेछन् ।

सिभिल बैंकबाट जारी भएको एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारका साथै दुबै बैंकका मोबाईल बै‌किङ एप र इन्टरनेट बै‌किङ सेवा उक्त अवधिमा बन्द रहने भएको छ ।

एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने भएकाले आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिनुहुन अनुरोध गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्