काठमाडौं । सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात सोमबारको तुलनामा प्रतितोला २ सयले घटेको छ । सोमबार प्रतितोला १ लाख ४ हजारमा कारोबार भएको सुनको मूल्य आज मांगलबार १ लाख ३ हजार ८ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन अर्थात सोमबार १ लाख ३ हजार ५ सय थियो ।
त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय ९५ कायम रहेको महासंघले जनाएको छ ।
महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्