Shikhar Insurance
National Life

दुर्गा प्रसाईं उभिए राजावादी कित्तामा, ‘गणतन्त्रका नेताले अकुत कमाएर दुबईमा पैसा लुकाए’

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । एमाले केन्द्रिय सदस्य दुर्गा प्रसाईं राजावादी कित्तामा उभिएका छन् । झापाबाट आफ्नो अभियान सुरु गर्दै प्रसाईंले आफुलाई राजावादी कित्तामा उभ्याएका हुन् । पूर्व राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई उपस्थित गराएर अभियान सुरु गरेका उनले देशलाई पन्चायत कालमा फर्काउनु पर्ने बताए । २०४६ सालदेखि नै देश गलत दिशामा हिडेेकाे प्रसाईंले बताए ।

गणतन्त्र ल्याउन आफू पनि जेल बसेको तर गणतन्त्रको लाभ १२/१४ जना नेताले मात्रै उठाएको उनको आरोप थियो । नेताहरुले अकुत सम्पती कमाएर दुबइमा लुकाई राखेको आरोप पनि उनले लगाए । देशको सबै भन्दा धनी शेर बहादुर देउबा र दोश्रो धनी प्रचण्ड भएको उनको आरोप छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्