Shikhar Insurance
National Life

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण, आन्तरिक मात्रै ३० अर्ब

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ५६ अर्ब ४६ करोड रुपैयाँ ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड रुपैयाँ बाह्य ऋण उठाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवका लागि सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसबाट वार्षिक बजेटको १४.३ प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो । तर गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब रुपैयाँ बराबर मात्रै आन्तरिक ऋण उठाएको छ । यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये १५ अर्ब रुपैयाँको एक वर्षे ट्रेजरी बिल, ८ अर्ब रुपैयाँको २ वर्षे विकास ऋणपत्र, २ अर्बको ३ वर्षे विकास ऋणपत्र र ५ अर्ब रुपैयाँको ४ वर्षे ऋणपत्र जारी भएका छन् । सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने ८३ अर्ब ३ करोड रुपैयाँ बराबर छ ।

चालु आवका लागि ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर अनुदान र २ खर्ब ४२ अर्ब रुपैयाँ बराबर बाह्य ऋण लिने सरकारको योजना थियो ।

गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने ८ अर्ब १२ करोड रुपैयाँ र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड रुपैयाँ बराबर छ । तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ २३ अर्ब १२ करोड १० लाख रुपैयाँ र सहुलियतपूर्ण ऋणतर्फ १ खर्ब १४ अर्ब रुपैयाँ बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

“कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वनयमा सुस्तता आई पुँजीगत खर्च न्यून हुन गएकाले त्यसको प्रभाव विकास साझेदारले गर्ने सोझै भर्ना तथा शोधभर्ना रकममा पर्न गएको रसमीक्षा अवधिमा वैदेशिक सहायता परिचालन न्यून भएको हो”, बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ ।

चालु आवको पहिलो ३ महिनासम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड रुपैयाँ बराबर छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो ३ महिनाको प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण ०.२७ प्रतिशतले घटेको देखिन्छ । गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो ३ महिनामा नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर छ । यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोड रुपैयाँले बढेको र आन्तरिक ऋण २९ अर्ब ८३ करोड रुपैयाँले घटेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्