Shikhar Insurance
National Life

आत्मदाह गरेका प्रेम आचार्यको परिवारलाई सन नेपालले दियो ५० लाख १२ हजार बीमा दावी भुक्तानी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १५:१४
Hyundai
NCELL
NIMB

इलाम । प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो ।

नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट विहान मृत्यु भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले दाबी भुक्तानी वापतको मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए । आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्