Shikhar Insurance
National Life

आइएमई पेकाे प्रेम दिवस अफर-‘फील द एयर’मा बम्पर छुट, चन्द्रागिरिमा रोमान्टिक कपल डिनर

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १३:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रेम दिवसमा आइएमई पे वालेट एपबाट चन्द्रगिरि हिल्सको टिकट काट्दा ‘फील द एयर’ नामक अफर पाइने भएको छ । आइएमई पे र चन्द्रागिरि हिल्सबीचको समन्वयमा ‘फील द एयर’ नामक अफर सार्वजनिक गरिएको हो ।

यी २ कम्पनीबीच प्रेम दिवस अर्थात् १४ फेब्रुअरीको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउने छन् । सो अफरको विजेताहरुको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सन्जालमा राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जुन अफरअन्तर्गत रहेर आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काटेमा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्नेछन् ।

सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्त गर्न सक्नेछन् । हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउनेछन् । सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्