काठमाडौं । आज सोमबार बैंक तथा बित्तीय सस्थहरु बन्द नहुने भएका छन् । सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि बैंकहरु भने खुल्ला रहनेछन् । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय सस्थाहरुलाई परिपत्र गर्दै अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न भनेको हो । बैंकहरुले सोमबार नगद कारोबार, आरटिजिएस, चेक क्लियरिङ जस्ता सेवा दिनुपर्नेछ । बिहान १० बजेदेखि मध्याह्न १:३० बजेसम्म बैंकहरुले सेवा दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्