Shikhar Insurance
National Life

न्यायालय रिपोर्टिङ गर्ने पत्रकारको संस्थामा विवाद, अधिवेशन नै अबैध रहेको आरोप

सिंहदरबार संवाददाता
२०७९ माघ २८, शनिबार १४:०१
Hyundai
NCELL
NIMB

काठमाडौँ । न्यायालयको रिपोर्टिङ गर्ने पत्रकारहरुको संस्थामा विवाद भएको छ । आर्थिक वर्ष २०७०।७१ मै नविकरण नगरेर वैधता गुमाइ सकेको संस्थाले साधरणसभा गरेर नयाँ नेतृत्व चयन गरेको भन्दै विवाद उत्पन्न भएको हो ।

अदालत र न्याय क्षेत्रसँग सम्बन्धित रहेर रिपोटिङ गर्ने संस्थाका रुपमा स्थापित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आठ वर्ष अघि नै अवैध भए पनि उक्त संस्थाले साधरणसभाका नाममा शुक्रबार नयाँ नेतृत्व चयन गरेको हो । संस्थाले कालिका खड्कालाई अध्यक्ष घोषित गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अदालतमा रिपोटिङ गर्दै आएका अधिकांश पत्रकारहरुले संस्थालाई वैधानिक बनाएर मात्रै साधरणसभा र नयाँ नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए पनि त्यसलाई अवज्ञा गर्दै खड्कालाई नयाँ नेतृत्व घोषित गरिएको आरोप छ ।

साधरणसभा नाम दिइएको भेलामा अदालत र कानुन न्यायसँग सम्बन्धित रहेर रिपोर्टिङ गर्दै आएका अधिकांश पत्रकार अनुपस्थित थिए । जसका कारण भेलाको माइन्युटमा उपस्थिति समेत नजनाइ एक्कैपटक नेतृत्व चयनको निर्णय मात्रै लेखिएको पाइएको छ।

संस्थालाई समयमै नवीकरण गराउन समेत नसकेका अध्यक्ष दुर्गा दुलाल र खड्काको जोडबलमा नयाँ कार्यसमिति घोषणा गरिएको सहभागी एकले बताए। दुलाललाई चार वर्ष अघि संस्थालाई नवीकरण गर्ने शर्तमा अध्यक्ष चयन गरिएको थियो।

संस्थाको वैधानिकता र साधरण सदस्यताको टुंगोसमेत नलगाइ गरिएको साधरणसभामा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसमेत सहभागी भएका छन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्