Shikhar Insurance
National Life

लघुवित्त लाभांश मेलाः ३८ वटाको औषतमा २३.५३ प्रतिशत पुग्दा एउटै संस्थाको ७८ प्रतिशतसम्म

कुनको कति ?
सिंहदरबार संवाददाता
२०७९ माघ २७, शुक्रबार १७:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । स‌ञ्चालनमा रहेको ६४ लघुवित्तमध्ये ३८ वटाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीमा वितरण गर्ने मुनाफा घोषणा गरिसकेको छन् । माघ २७ गते शुक्रबारसम्म लाभांश घोषणा गर्ने यी संस्थाहरुले न्यूनतम ४.२१ प्रतिशतदेखि अधिकतम ७६.८७ प्रतिशतसम्म सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेको ३८ लघुवित्तले औषतमा भने २३.५३ प्रतिशत गत आवको मुनाफाबाट सेयरधनीमा लाभांश वितरण गर्न लागेका हुन् ।

गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका लघुवित्तमा सबैभन्दा बढी जाल्पाले र सबैभन्दा कम गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ । साथै, लाभांश घोषणा गर्ने ३८ लघुवित्तमध्ये सबैभन्दा धेरै बोनश सेयर जाल्पाले नै र सबैभन्दा नगद लाभांश डिप्रोक्स लघुवित्तले घोषणा गरेको हो । जाल्पा सामुदायिक लघुवित्त वित्तीयले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद लाभांश घोषणा गरेको हाअ‍े ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धेरै लाभांश वितरण गर्ने लघुवित्त कम्पनीहरुमध्ये दोस्रो नम्बरमा उपकार लघुवित्त रहेको छ । उपकार लघुवित्तले आव २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांश गरी ६५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

त्यस्तै,महिला लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेशनल माइक्रोफाइनान्सले आव २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई कुल ३८.५ प्रतिशत लाभांश प्रस्ताव गसेको छ । यस लघुवित्तले चुक्त पुँजीको ३८.५ प्रतिशत बोनस सेयर मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

आँधिखोला र सिवाईसी लघुवित्तले आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुल ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । यी कम्पनीहरुले ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश गरी सो दरको लाभांश प्रस्ताव गरेका हुन् ।

यस्तै, फरवार्ड माइक्रो फाइनान्सले आव २०७८/७९को मुनाफाबाट कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

आरएमडिसी र साना किसान लघुवित्तले आव २०७८/७९को मुनाफाबाट कुल २७.३६८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । यी दुई कम्पनीहरुले २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत (कर प्रयोनज सहित) नगद लाभांश दिने प्रस्ताव गरेका हुन् ।

छिमेक लघुवित्तले २५.२६ प्रतिशत, माहुली लघुवित्तले २५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । जसमा छिमेकीको २२ प्रतिशत बोनस ३.२६ प्रतिशत नगद (कर प्रयोजनसहित ) लाभांश रहेको छ भने, माहुलीको २० प्रतिशत बोनस ५ प्रतिशत नगद लाभांस रहेको छ ।

यस्तै, मिर्मिरे लघु्वित्तले २३ प्रतिशत र नेरुडे लघुवित्तले २३.१६ प्रतिशतको दरले लाभांश दिने प्रस्ताव गरेका छन् । मिर्मिरले लघुवित्तले आव २०७८.७९ को मुनाफाबाट २३ प्रतिशत बोनस सेयर मात्रै दिने भएको हो । भने नेरुडेले २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

विजय लघुवित्त, आशा लघुवित्त, आदर्श लघुवित्त, स्वालम्बल लघुवित्त र डिप्रोक्स लघुवित्तले समान दरका कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेका छन् । जसमा विजय, आशा र आदर्श लघुवित्तले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने गरेका हुन् भने, डिप्रोक्सले १० प्रतिशत बोनस ११.०५ प्रतिशत नगद र स्वालम्बन लघुवित्तले १५ प्रतिशत बोनस ६.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

साधना लघुवित्त, मेरो माइक्रो फाइनान्स, कालिका लघुवित्त, लक्ष्मी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, नयाँ सारथी लघुवित्त, इन्फिनिटी लघुवित्त, निर्धान उत्थान लघुवित्त, र फस्र्ट फाइक्रो फाइनान्सले समानदरमा कुल २० प्रतिशतका दरले लभांश दिने प्रस्ताव गरेका छन् ।

जसमध्ये साधना लघुवित्त, कालिका लघुवित्त, नयाँ सारथि लघुवित्त, निर्धान उत्थान लघुवित्त, फस्र्ट माइक्रो फाइनान्सले १९ प्रतिशत बोनस १ प्रतिशत नगद लाभांश दिन लागेका हुन् भने, मेरो माइक्रो फाइनान्सले १० प्रतिशत बोनस १० प्रतिशत नगद लाभांश, लक्ष्मी लघुवित्तले १५ प्रतिशत बोनस ५ प्रतिशत नगद, ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत बोनस ८ प्रतिशत नगद र इन्फिनिटी लघुवित्तले २० प्रतिशत नै बोनस लाभांश दिने प्रस्ताव गरेका हुन् ।

गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट सबैको लघुवित्तले १८.९५ प्रतिशत र समता लघुवित्तले १८ प्रतिशत लाभांश नितरण गर्ने निर्णय गरेका छन् । जसमा सबैको लघुवित्तले कुल लाभांशको १८ प्रतिशत बोनस ०.९५ प्रतिशत नगद लाभांश वितरण गरेको हो भने, समता लघुवित्तले १५ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, मिथिला लघुवित्तले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश सहित कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । आव २०७८/७९को मुनाफाबाट आरएसडिसी लघुवित्तले ११ प्रतिशत, सर्पाेट लघुवित्त र सिभिल लघुवित्तले ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्, जसमा आरएसडिसीको ८ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद लाभांश रहेको छ भने, सर्पाेट र सिभिलको ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै, एनएमबि लघुवित्त र नेडेप लघुवित्तले १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेका छन् । यी दुई लघुवित्तले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । भने, गुराँस लघुवित्तले कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्य ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद लाभांश रहेको छ ।

साथै, मनकामना लघुवित्तले कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको वितरण योग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.२५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

यी ३८ वटा लघुवित्त कम्पनीहरुले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि कम्पनीहरुको साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्