Shikhar Insurance
National Life

गैँडाको खाग ओसारपसारमा संलग्न १५ जना पक्राउ

सिंहदरबार संवाददाता
२०७९ माघ २७, शुक्रबार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल ५ सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई फरक-फरक मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी निजहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।

ब्यूरोको टोलीले अनुसन्धानका क्रममा यही माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो । यसैगरी माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्