Shikhar Insurance
National Life

स्वावलम्बन लघुवित्तले बोलायो फागुन १९ गते साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ माघ २७, शुक्रबार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्नका लागि फागुन १९ गते  २१‌औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद (कर सहित) गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सेयर संरचना परिमार्जन गरी ६० प्रतिशत संस्थापक सेयर र सर्वसाधारण सेयर ४० प्रतिशत कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

लघुवित्तले साधारण सभा प्रयोजनका लागि फागुन १० गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार फागुन ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्