Shikhar Insurance
National Life

१७ लाख करोड लगानी भित्र्याउने भन्दै उत्तर प्रदेशमा ग्लोबल इन्भेष्टर्स समिट सुरु

सिंहदरबार संवाददाता
२०७९ माघ २७, शुक्रबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतको उत्तर प्रदेशमा ग्लोबल इन्भेष्टर्स समिट सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार समिटको उद्घाटन गरेका हुन् । उत्तर प्रदेशको राजधानी लखनउमा मोदीले समिटको आरम्भ गरेका हुन् । मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशलाई आर्थिक केन्द्रका रुपमा स्थापित गर्न समिट फलदायी हुने बताएका हुन् । उनले राज्यलाई एक ट्रिलियन डलर इकोनोमीको बनाउने उद्घोष समेत गरेका थिए ।

आदित्यनाथले उत्तर प्रदेशदलाई ठूलो उपभोक्ता आधार, लगानीका लागि उपयुक्त वातावरण र अपराध प्रति शुन्य सहनशिलताको अवधारणाका साथ अघि बढाएको बताउँदै आएका छन् ।
राज्यमा रक्षा, नागरिक उड्डयन, आइटी, इलोक्ट्रोनिक्स, डेटा सेन्टर लगायतका क्षेत्रमा लगानीका लागि आव्हान गरिँदैछ । योगी सरकारले २० भन्दा बढी लगानी नीति तथा कानुनमा संसोधन गरिसकेको छ ।
सरकारले १७ देखि १७ करोड लाखको लगानी भित्र्याउने उदेश्यसहित समिट आयोजना गरेको भनेको छ । सरकारले ठूला शहर र औद्योगीक करिडोर बाहेक ७५ वटै जिल्लामा लगानीकर्तालाई अकर्षित गर्ने योजना बनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्