Shikhar Insurance
National Life

फागुनमा निक्षेपको ब्याजदर नबढ्ने, ऋणको ब्याजदर बैशाखदेखि मात्रै घट्ने

सिंहदरबार संवाददाता
२०७९ माघ २६, बिहीबार १३:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । फागुन महिनामा निक्षेपको ब्याजदर थपघट नहुने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले माघ महिनामै लागू निक्षेपको ब्याजदर फागुन महिना पनि लागू गर्ने निर्णय गरेको हो ।

संघमा बिहिबार (आज) बसेको बैंठकले सो निर्णय गरेको संघका सदस्यले सिंहदरबारलाई बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आज बिहान बसेको बैठकले फागुन महिनामा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । माघ महिनामा कायम ११.४१ प्रतिशत ब्याजदर कायम हुनेछ । पुस महिनाको ब्याजजदरमा माघ महिनामा १० प्रतिशतले घटाएका थियौं त्यसले केही कष्ट घटाएको छ । त्यसको प्रभाव बैसाखदेखि लागु हुने बेसरेट घटेर कर्जाको ब्याजदर पनि घट्छ ।’–संघका ती सदस्यले भने ।

नेपाल राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा अर्को महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नु पर्ने प्रावधान राखेको छ । सोही अनुसार संघले फागुन महिनामा लागू हुने ब्याजदरका विषयमा बैंठक बोलाएको थियो । जसमा बैंकहरुले अघिल्लो महिनामा लागू ब्याजदरको औषतले १० प्रतिशतले थपघट गरेर ब्याजदर तोक्नु पाउँछन् ।

नियामकीय व्यवस्था अनुसार सबै वाणिज्य बैंकका सीइओहरुले फागुनमा ब्याजदर थपघट नगर्ने सहमति गरेसँगै संघले सो निर्णय गरेको हो । संघको सो निर्णय औपचारिक रुपमा शुक्रबार आउने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्