Shikhar Insurance
National Life

कोरोना बीमाको २२ करोड रुपैयाँ तत्कालै तिर्न नेपाल रिलाई बीमा प्राधिकरणको पत्र

रिको सञ्चालक समितिद्धारा एक रुपैयाँ पनि नदिने निर्णय
सिंहदरबार संवाददाता
२०७९ माघ २६, बिहीबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका लागि आफ्नो भागमा परेको रकम तत्कालै भुक्तानी गर्न नेपाली रिलाई बीमा प्राधिकरणले पत्र काटेको छ । बीमा प्राधिकरणले नेपाल रिलाई माघ २३ गते पत्र लेखेर एक महिनाभित्र करिब २२ करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको हो ।

अर्थमन्त्रालयले कोरोन बीमाको दावी भुक्तानीमा आफ्नो दायित्व स्वीकार गर्दै १ अर्ब रुपैयाँ निकासा गरेको थियो । बीमा प्राधिकरणले सरकारलाई ५५ प्रतिशत दायित्व सुम्पिएर बाँकी दायित्व बीमा कम्पनी, नेपाल रि र समिति मिलेर तिर्ने गरि मोडालिटी बनाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तत्काका लागि सरकारले उपलब्ध गराएको एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकममध्ये ८ प्रतिशत अर्थात् १४ करोड ८४ लाख रुपैयाँ प्राधिकरणले, १२ प्रतिशत अर्थात् २२ करोड रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले र २५ प्रतिशत बीमा कम्पनीहरुण्ण्ले (एक कम्पनीको भागमा २ करोड २७ लाख रुपैयाँ) वहन गर्ने मोडालिटी बीमा प्राधिकरण र बीमा कम्पनीहरुले तयार पारेका थिए ।

सोही मोडालिटी अनुसार प्रक्रिया अघि बढेको भए पनि नेपाल रिको सञ्चालक समितिले अब उपरान्त कोरोना बीमाको दावी भुक्तानीका लागि रकम नदिने निर्णय गरिसकेको छ ।

सरकारले पठाएको १ अर्ब रुपैयाँमा प्राधिकरण र बीमा कम्पनी र नेपाल रिले थप गरी १ अर्ब ८१ करोड ८४ लाख ८४ हजार ८१४ रुपैयाँ बीमितमा भुक्तानी गर्ने भनिएकोमा नेपाल रिले रकम दिएको छैन् ।
नेपाल रिको सञ्चालक समितिले नै कोरोना बीमाका लागि थप रकम नदिने निर्णय केहि समय पहिले नै गरेको थियो ।

मंसिर ४ को निर्वाचन अघि नै केहि रकम दावी भुक्तानी दिने भन्दै सरकारले असोज २३ गते १ अर्ब रुपैयाँ निकासा गरेको थियो । कोरोना बीमामा १ लाख ६१ हजार ३४६ वटा दावीको १५ अर्ब ३५ करोड ६८ लाख २६ हजार रुपैयाँ बराबर दावी भुक्तानी परेको छ । जसमध्ये ५० हजार ४४७ वटा दावीको ४ अर्ब ८३ करोड ३५ लाख ३६ हजार रुपैयाँमात्रै भुक्तानी भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्