Shikhar Insurance
National Life

बैशाखदेखि छुट्टै कारोबार गर्न मिल्ने ‘नेप्से–५०’ इण्डेक्स लञ्च हुँदै, यस्तो आयो कार्यविधि मस्यौदा

दिलु कार्की
२०७९ माघ २४, मंगलवार १७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पुँजी बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ प्रोडक्टको रुपमा ‘नेप्से–५०’ बेञ्चमार्क इण्डेक्स सञ्चालनमा ल्याउने भएको छ । ठुला पुँजी र धेरै कारोबार हुने कम्पनीहरु र डेरिभेटिभ मार्केट लक्षित गर्दै छुट्टै इण्डेक्सको रुपमा नेप्सेले बैशाखदेखि ‘नेप्से–५०’ लञ्च गर्न लागेको हो ।

जसलागि नेप्सेले अध्ययन सम्पन्न गरी कार्यविधिको मस्यौदा समेत तयार गरिसकेको छ । ‘नेप्से अन्तरगत सञ्चालन हुने सूचकांकहरुको विकास, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि, २०७९’ को मस्यौदा तयार भएको हो । तयार भएको मस्यौदा उपर सञ्चालक समितिमा समेत छलफल भइसकेको नेप्सेका कार्यकारी निर्देशक (सीइओ) कृष्ण बहादुर कार्कीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘थप अध्ययन तथा छलफल गर्नु पर्ने पाटाहरु छन् तर, यही मस्यौदामा आधारित कार्यविधि निर्माण भएपछि बैशाखमै लञ्च गर्ने तयारीका साथ काम अघि बढाएका छौं,’ नेप्से सीइओ कार्कीले सिंहदरबारसँग भने, ‘केही तथ्यांकहरु अझै आउन बाँकी नै छन्, इण्डेक्सको नाम लगायत अन्य कामहरु बाँकी भएको हुँदा बैशाखसम्ममा लञ्च गर्ने अन्तिम तयारी भएको हो ।’

नेप्सेले सो इण्डेक्समा कारोबार गर्ने कम्पनीहरुको समेत छनौट प्रकृया सुरु गरिसकेको छ । छनौट भएका कम्पनीहरुको न्यूनतम १० वर्षसम्मको तथ्यांक संकलन समेत नेप्सेले गरिरहेको छ । सुचीकृत कम्पनीहरुको साधारण सेयरमध्ये पनि सो इण्डेक्समा कारोबार र रापसाप गर्न योग्य कम्पनीहरु छनौट गरिने उनले जानकारी दिए । नेप्से–५० इण्डेक्समा विभिन्न उप-इण्डेक्सहरु हुनेछन्, जसमा सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स तथा सेन्सेटिभ फ्लोट इण्डेक्स, नेप्से ब्ल्युचिप इण्डेक्स, नेप्से ब्यालेन्सड इण्डेक्स र नेप्से रिस्कि इण्डेक्स रहेका छन् । यी इण्डेक्सका मापदण्डहरु समेत छुट्टाछुट्टै रहेको छ । जसमा कम्पनी छनौट, सञ्चालन र गणना विधि, समायोजन, नियामकीय व्यवस्था समेत छुट्टै रहेको छ ।

यसमा कारोबार हुने यस्ता कम्पनीहरुको सेयर कारोबार मूल्यले गुणा गर्दा आउँने अंकको बजार पुँजीकरणमा आधारित रहेर नेप्से–५० इण्डेक्स सुचांक गणना हुने बताइएको छ । नेप्से–५० लञ्च गर्नुको अर्को प्रमुख कारण डेरिभेटिभ मार्केटको विस्तार गर्न रहेको सीइओ कार्की बताउँछन् ।

‘अहिले अल इक्यिुटी इण्डेक्स छ, नेप्से–५० लञ्च भएपछि डेरिभेटिभ मार्केटमा जानलाई बाटो खुल्छ,’ उनले भने, ‘यो इण्डेक्सका छुट्टै फण्डहरु ल्याइन्छ, जुन म्युचल फण्ड वा इण्डेक्स फण्डको रुपमा कारोबार हुन्छन् ।’

नेप्से–५० लाई अन्डरलाइनिङ एसेटको रुपमा स्थापित गरी अक्सन तथा फ्युचर जस्ता डेरिभेटिभ औजारमा लगानीकर्ताको पहुँच विस्तार गर्ने लक्ष्य नेप्सेको रहेको उनले बताए । नेप्से–५० सञ्चालनको लागि कार्यविधिको मस्यौदा तयार गरी सञ्चालक समितिमा छलफल गरी सकेको हुँदा अहिले अन्तिम खाका तयार गर्न टिम लागेको उनले जानकारी दिए ।

के हो नेप्से–५० ?
यो फ्रि फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो । यस सूचकांकमा नेप्सले आफ्नो बजारमा सूचीकृत भई कारोबारमा रहेका सबै सूचिकृत कम्पनीहरु मध्येबाट यस सूचकमा तल दिइएको मापदण्डको आधारमा छनौट भएका प्रमुख ५० वटा सूचिकृत कम्पनीहरुको सबै साधारण सेयरहरु मध्येबाट कारोबार गर्न तथा राफसाफ गर्न योग्य रहेका सेयरहरुलाई सो कम्पनीको सेयर कारोबार मुल्यले गुणन गरी आउने बजार पूँजीकरणमा आधारित रहेर यो सूचकांक गणना हुने गर्दछ ।

नेप्से-५० मा पर्ने कम्पनी छनौटको मापदण्डः
नेप्से ५० परिसूचकको गणना गर्दा यो सूचक भित्र समावेश हुने कम्पनीहरुलाई निम्नानुसारको मापदण्ड अनुरुप रहेर छनौट गरिनेछः

१.सबै कम्पनीहरुको सर्वसाधारणमा शेयर निष्काशन भई हाल सो कम्पनीको सूचिकृत सेयर संख्या मध्ये कम्पनीमा २५ प्रतिशत वा सो भन्दा बढि सेयर कारोबार तथा राफसाफ गर्न वा एक कारोबार पश्चात राफसाफ विनियमावलीमा तोकिएको अवधिभित्र सो कारोबारको राफसाफ गर्न सकिने कम्पनीहरु

२.कारोबार तथा राफसाफ गर्न मिल्ने सेयरहरुमा निम्नानसारका सेयरहरु समावेश गर्न नहुनेः

-सर्वसाधारण समूहतर्फ परिवर्तित भइनसकेको संस्थापक तर्फको सेयर धनीले गरेको सेयर लगानी
-लक इन अवधि उल्लेख भई तोकिएको लकइन अवधि समाप्त भई नसकेका विभिन्न प्रकारका सेयर लगानी (कर्मचारी तथा स्थानीयबासीले गरेको लगानी)
-नेपाल सरकार तथा नेपाल सरकार अन्तरगतका सरकारी एवं विभिन्न सार्वजनिक निकाय, संस्थान वा कम्पनीहरुद्वारा गरिएको लगानी
-वैदेशिक लगानी अन्तरगतका विदेशी लगानीकर्ताहरुले गरेको लगानी
-कम्पनीको सञ्चालक तथा पदाधिकारीहरुले गरेको लगानी

३.यसरी आएको सूचीबाट बाँकी रहेका कम्पनीहरुको कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ता र कारोबार दिनहरुको आधारमा मापदण्ड तय गरी कम्पनीहरुलाई पुनः वर्गीकरण गर्नुपर्ने हुन्छ ।

४.यसरी वर्गीकरण गर्न आवश्यक मापदण्ड निम्नानुसारले कायम गर्नुपर्नेछः

-६ महिनाको अवधिमा दैनिक औषत रु २५ लाख वा सो भन्दा बढि रकमको कारोबार भएको हुनपर्ने
-६ महिनाको अवधिमा दैनिक औषत ५००० कित्ता वा सो भन्दा बढि कित्ताको कारोबार भएको हुनपर्ने
-६ महिनाको अवधिमा दैनिक औषत ४० वा सो भन्दा बढि पटक कारोबार भएको हुनपर्ने
-६ महिनाको अवधिमा न्यूनतम उपलब्ध कारोबार दिनहरुमध्ये ७५ प्रतिशत भन्दा बढि दिनहरुमा कारोबार भएको हुनपर्ने

५.यसरी उपरोक्त मापदण्डहरुबाट छनौट भएर आएका कम्पनीहरुको सूची तयार गरी सो सूचीबाट सबै नेप्से सूचकांक गणना गर्न प्रयोग हुने सबै उपसूचकहरुबाट सबैभन्दा बढि रकम, कारोबार कित्ता, कारोबार संख्या तथा कारोबार भएको एक एक वटा न्यूनतम कम्पनी लिनु पर्नेछ । यसरी यो सूचकांकमा सबै क्षेत्रका कम्पनीहरुको उपस्थिति कायम गराउनुपर्नेछ ।

६. यसरी सबै क्षेत्रबाट कम्पनीहरु छनौट गरेपश्चात बाँकी स्थानका लागि पुनः बाँकी कम्पनीहरुलाई माथिको सबै मापदण्डहरुको आधारमा ठूलोबाट सानोको क्रममा मिलाएर राख्नुपर्नेछ । यसरी मिलाउँदा बाँकी रहेको स्थानमा सो क्रमबाट कम्पनीहरु लिँदै बाँकी ५० वटा कम्पनीहरुको छनौट गर्नुपर्नेछ ।

७.यसरी आएका ५० वटा कम्पनीको कारोबार तथा राफसाफ योग्य शेयर संख्यालाई सो दिनको बजार मुल्यको आधारमा बजार पूँजीकरण निकालेर सो अनुसार को पूँजीकरणका आधारमा परिसूचक गणना गर्ने तथा बेलाबेलामा कम्पनीहरुमा आउने विभिन्न संस्थागत घटनाहरु जस्तै बोनश सेयर, हकप्रद सेयर तथा मर्जर एवं प्राप्तिलाई समायोजन गर्दै गणना गर्दै नेप्से ५० परिसूचक सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कम्पनीहरुको वर्गीकरण विधिः
नेप्से-५०मा सबै सूचकांकहरु कम्पनीको फ्रि फ्लोट बजार पूँजीकरणमा आधारित रहनेछन् । फ्रि फ्लोट बजार पूँजीकरणको गणना गर्दा कारोबार तथा राफसाफ गर्न मिल्ने सेयरहरुमा निम्नानुसारका सेयरहरु समावेश गर्न हुँनेछैनः

– सर्वसाधारण समूहतर्फ परिवर्तित भइनसकेको संस्थापक तर्फको सेयर धनीले गरेको सेयर लगानी
-लक इन अवधि उल्लेख भई तोकिएको लकइन अवधि समाप्त भई नसकेका विभिन्न प्रकारका लगानी
-नेपाल सरकार तथा नेपाल सरकार अन्तरगतका सरकारी एवं सार्वजनिक निकाय, संस्थान वा कम्पनीहरुद्वारा गरिएको लगानी
-वैदेशिक लगानी अन्तरगतका विदेशी लगानीकर्ताहरुले गरेको लगानी
-कम्पनीको सञ्चालक तथा पदाधिकारीहरुले गरेको लगानी

यसरी उपरोक्त मापदण्डहरुबाट छनौट भएर आएका कम्पनीहरुको सूची तयार गरी सो सूचीबाट सबै बजार पूँजीकरण अन्तरगत तोकिएको बजार पूँजीकरणको वर्गमा पर्ने सबै कम्पनी सो अनुसारले वर्गीकरण गरी हरेक वर्गको बजार पूँजीकरण गणना गर्नुपर्नेछ ।

यसरी हरेक वर्गमा आएका कम्पनीको कारोबार तथा राफसाफ योग्य सेयर संख्यालाई सो दिनको बजार मुल्यको आधारमा बजार पूँजीकरण निकालेर सो अनुसार को पूँजीकरणका आधारमा परिसूचक गणना गर्ने तथा बेलाबेलामा कम्पनीहरुमा आउने विभिन्न संस्थागत घटनाहरु जस्तै बोनश सेयर, हकप्रद सेयर तथा मर्जर एवं प्राप्तिलाई समायोजन गर्दै गणना गर्दै उपरोक्त सुचकांकहरुको सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

यस्तो छ, नेप्से–५० को कार्यविधि, लगानीकर्तालाई फाइदा के ?

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्