Shikhar Insurance
National Life

महालक्ष्मी नगरपालिकालाई अरुण नदीको लिफ्टिङ खानेपानी

सिंहदरबार संवाददाता
२०७९ माघ २४, मंगलवार १३:४०
Hyundai
NCELL
NIMB

धनकुटा । खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का १ हजार ६ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको हो ।

नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । कूल लागतमध्ये १४ करोड रुपैयाँ बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौंले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएको जेभीले तोकेको समयमा काम पूरा गर्ने आरयू मैनाली जेभीका म्यानेजर ज्ञानेन्द्र लामाले जानकारी दिए । लामाले सबैको सहयोग पाएकाले लिफ्टिङ खानेपानीको पूर्वाधारको काम ९० प्रतिशत र मुख्य पाइप लाइन विस्तारको काम ३५ प्रतिशत सकिएको जानकारी दिए ।

चार लिफ्टिङ स्टेसनमार्फत सञ्चालन हुने यस आयोजनामा एक (सम्फवेल) इनार, २० हजारदेखि ५० हजार लिटर क्षमताका १३ वटा ट्याङ्कीसहित ४५ किमी खानेपानी शाखा लाइन विस्तार गरिनेछ ।

आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव भएका तीन वडालाई सहयोग पुग्ने नगरका प्रमुख ध्रुव रायाले जानकारी दिए । रायाले भने, “यो खानेपानीले जनतालाई धेरै सहयोग पुग्नेछ ।” आयोजना निर्माण पूरा भएपछि मानवीय सरसफाइ, वस्तुभाउ तथा करेसाबारीमा तरकारी लगाउन सहयोग पुग्ने वडा नं ६ का अध्यक्ष नरबहादुर महतराले जानकारी दिए । अब वडावासीले खानेपानीको जोहो गर्न चिन्ता गर्ने दिनको अन्त्य हुने वडा नं ७ का अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्