Shikhar Insurance
National Life

सुरु भयो ‘मेक इन नेपाल–स्वदेशी’ अभियान, बर्सेनी एक हजार नयाँ उद्योग थप्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वदेशी उत्पादनको उपभोग र उपयोग बढाउने उदेश्यसहित मेक इन नेपाल–स्वदेशी अभियान सुरु भएको छ । नेपाल उद्योग परिसंघको नेतृत्वमा आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने भन्दै मेक इन नेपाल अभियान सुरु गरिएको हो ।

परिसंघका अध्यक्ष सतिस मोरका अनुसार हरेक वर्ष एक हजार नयाँ उद्योग सञ्चालन गर्ने, सन २०२५ सम्म कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगादन २२ प्रतिशत र सन २०३० सम्ममा २६ प्रतिशत पुर्याउने लक्ष्य तय गरिएको छ । त्यस्तै प्रत्येक वर्ष डेढ लाख नयाँ औद्योगीक रोजगारी सृजना गर्ने र पाँच वर्षभित्र निर्यात ४.३ अर्ब डलर पुर्याइने लक्ष्य निर्धारण गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अभियानले स्वदेशी उद्योगहरुको उत्पादन वृद्धि, व्यवसायको प्रतिष्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु तथा सेवाको माग बढाउन भूमिका खेल्ने अध्यक्ष मोरले बताए । अभियानमा नेपाल सरकारको सहयोग रहने र त्यसले आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने पनि उनले बताए ।
‘मुलुकको उद्योग व्यवसायमा कोभिड १९ ले प्रभाव पारेको छ । सरकार र निजी नै महामारीबाट व्यवसाय र रोजगारी बचाउने प्रयासमा छौं । अझै पनि केहि उद्योग व्यवसाय ५० प्रतिशत क्षमतामा सञ्चालित छन्, यस्तो परिस्थितिमा स्वदेशी उद्योग धन्दाको प्रतिष्पर्धी क्षमता बढाउन र आफ्ना उत्पादनहरुलाई माया गर्ने वातावरण बनाउन मेक इन नेपाल अभियान सुरु गरेका हौं’ परिसंघ अध्यक्ष मोरले भने ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अभियानलाई नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । कार्यक्रममा परिसंघका आर्थिक सल्लाहरका डा. विश्व पौडेलले मेक इन नेपाल अभियानका लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र मिल्नुपर्ने धारणा राखेका थिए । उनले आगामी पाँच वर्षभित्र डुईङ बिजनेश इण्डेक्समा ३० स्थान माथि चढ्ने लक्ष्यका साथ काम गर्नुपर्नेमा पनि जोड दिए । डा. पौडेलले मेक इन नेपाल अभियानलाई राष्ट्रिय अभियानका साथ अघि बढाउनुपर्ने आवश्यकता पनि औल्याएका थिए ।

परिसंघका बरिष्ठ उपाध्यक्ष बिष्णु कुमार अग्रवालले आयात प्रतिस्थापनको योजनासहित मेक इन नेपाल अभियान सुरु गरिएको बताए ।अभियानले स्वदेशी तथा विदेशी लगानी बढाउन सघाउने तथा नेपाललाई उत्पादन केन्द्रका रुपमा विकास गर्न मदत गर्ने पनि बरिष्ठ उपाध्यक्ष अग्रवालले बताए ।
परिसंघका अर्का उपाध्यक्ष अनुज अग्रवालले नेपाली वस्तु तथा सेवाहरु मूल्य तथा गुणस्तरका हिसाबले प्रतिष्पर्धी बनिसकेको बताएका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्