Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार १७:१८
Hyundai
NCELL
NIMB

काडमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधीहरु, दैनिक खानाका लागि अत्यावश्यक सामाग्रीहरु साथै विविध सरसफाइका सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

त्यस्तै, बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । क्याम्पसमा हाल ८ सय विद्यार्थाी अध्ययनरत रहेका र वर्षेनी विद्यार्थाीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्