Shikhar Insurance
National Life

मौसम अनुकूलताका कारण तोरीको उत्पादन बढ्ने, किसान खेतीतर्फ आकर्षित

सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार १२:३६
Hyundai
NCELL
NIMB

कावासोती । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीको रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन् । उनका अनुसार जिल्लामा यस वर्ष १ हजार १८५ हेक्टर जमिनमा तोरीखेती गरिएकामा १ हजार २८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा १ हजार ३५ हेक्टर जमिनमा १ हजार २३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोरीखेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो । विषेशगरेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायासी प्रयोगका लागि तोरीखेती गर्न लागेका सूचना अधिकारी पौडेलले बताए। तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्याउने भएकाले तोरीखेती गर्ने किसानको सङ्ख्या बढेको सूचना अधिकारी पौडेल बताउँछन् ।

जिल्लामा तोरीसँगै यस वर्ष अर्को तेलहन बाली सर्सिउँको उत्पादन पनि बढ्ने देखिएको छ । यस वर्ष जिल्लामा १ हजार २६० हेक्टर जमिनमा १ हजार ७१५ मेट्रिक टन सर्सिउँ उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार गत वर्ष जिल्लामा १ हजार २७० हेक्टर जमिनमा १ हजार ७०८ मेट्रिक टन सर्सिउँँ उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरीलगायतका तेलहन बालीको उत्पादन बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्