काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।
उनकाे आज पशुपति आर्यघाटमा आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरियाे ।
उनको दाहसंस्कारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत उच्च सरकारी अधिकारी उपस्थित भएका थिए ।
नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा रहेका जबराले केन्द्रीय बैंकको नेतृत्व गरेपछि नेपालबाट भारतीय मुद्रा हटाएर नेपाली मुद्रा प्रचलनमा ल्याउन मुख्य भूमिका खेलेका थिए ।
दाहसंस्कार अघि नेपाली सेनाको एक टुकुडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्