Shikhar Insurance
National Life

आयात प्रतिबन्धका कारण राजस्व सङ्कलन प्रभावित, लक्ष्यको ४४ प्रतिशत मात्र सङ्कलन

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार १६:४७
Hyundai
NCELL
NIMB

सर्लाही । भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको ६ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

साउनदेखि पुससम्म ४० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १७ करोड ३५ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार कार्यालयले चालु आवमा ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । आव २०७८÷७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको १७६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

अधिकृत साहका अनुसार राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको हो । आयात हुने वस्तुमा आलु, प्याज, कोइला, सख्खर, माछाको दाना, भेनियर र फर्मलडिहाइड छन्, भने धान र गहुँको आयात निर्यात बन्द छन् ।

आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने उनको भनाइ छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लामो समय व्यापार व्यवसाय बन्द हुनु तथा जिल्लामा रहेका अन्य ७ वटा छोटी भन्सार कार्यालय पनि बन्द हुँदा राजस्व सङ्कलन प्रभावित भएको भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्