Shikhar Insurance
National Life

नेप्से झिनो अंकको सुधार, कारोबार रकम २ अर्ब

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार १५:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (माघ २२ गते) आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आइतबार कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्तमा झिनो अंकले बढेर बन्द भएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.५४ अंकले बढेर २,०९६.०८ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.८९ अंकले ४००.२६ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर १ अर्ब ९३ करोड १७ लाख रुपैयाँमा खरिदबिक्री भए । आइतबार नेप्से झिनो अंकले बढ्दा कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुग्न सकेको छैन । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार नेप्से २२.१२ अंक घट्दा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

आइतबार कारोबारमा आएको १०८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । भने, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार १२१ रुपैयाँ पुगेको छ । पोखरा फाइनान्सको सेयर मूल्यमा ८.४९ प्रतिशतले बढेर प्रतिकित्ता ४२५.३० रुपैयाँ पुगेको छ ।

आइतबार इष्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । हाइड्रोपावरको सेयर मूल्य ५.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर खरिदबिक्री भएको छ । कम्पनीको ६ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको हो ।

त्यसैगरी, एनआइसी एशीया बैंकको ५ करोड ८५ लाख र नबील बैंकको ५ करोड ७४ लाख भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.६१ प्रतिशतले बढेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्