Shikhar Insurance
National Life

राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधन

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार ०८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ । आइतबार बिहान ६:३० बजे राणाको निधन भएको उनका आफन्त सत्यनारायणले जानकारी दिए । राणाकै नेतृत्वमा नेपाल बाट भारतीय रुपैयाँलाई बिस्थापित गरि नेपाली रुपैयाँको नोट छाप्न थालिएको थियो । राणाको ९६ बर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपतिमा अन्तिम सस्कार गर्ने तयारी छ ।

हिमालयन बैंकको सस्थापक समेत रहेका राणा नेपाल सरकारको पुर्व सचिब समेत हुन । उनी अहिले पनि हिमालयन बैंकको सल्लाहकार थिए ।  नेपाली नोटमा हस्ताक्षर गर्ने पहिले गभर्नर राणा केही समयदेखी अस्वस्थ थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१४ वर्षमै मेट्रिक(हालको एसईई) पास गरेका राणा बि स २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए । राणाले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्