Shikhar Insurance
National Life

इटहरीमा बसपार्क बनाउन पालिका र नगर विकास कोषबीच सम्झौता, १६ करोड लागत

सिंहदरबार संवाददाता
२०७९ माघ २०, शुक्रबार १४:३४
Hyundai
NCELL
NIMB

धरान । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । ३ तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ ।

कुल १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बसपार्क निर्माणसम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रमुख पौडेलका अनुसार बसपार्क निर्माणमा कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लगानी हुनेछ । बसपार्क १८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताएा छन् । बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतिक्षालय पनि रहनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्