Shikhar Insurance
National Life

पीएलओमा लगानी गर्दै अल्फा प्लस भेन्चर्स

सिंहदरबार संवाददाता
२०७९ माघ २०, शुक्रबार १२:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । अल्फा प्लस भेन्चर्स लिमिटेडले पूर्वाञ्चल ल्युब आयल लिमिटेड(पीएलओ)मा लगानी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम अनुमतीपत्र प्राप्त अल्फा प्लस भेन्चर्स लिमिटेडले पीएलओमा लगानी गर्ने भएको हो ।

लगानी सम्बन्धी सम्झौतामा पुर्वाञ्चल ल्यूव आयल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्स लिमिटेडको तर्फबाट प्रबन्ध संचालक अंगिश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सुन्दरहरैचा ०९ मोरङ्ग बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेड नेपालमा सर्वाधिक रुचाईएको ल्युब उत्पादक कम्पनी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी मार्फत बिक्री वितरण गर्दै आएको छ ।
अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी पश्चात पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा नँया लुब्रिकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर एीइ ब्राण्डका लुब्रिकेन्टहरुको उल्लेख्य मात्रामा बिक्री वितरण हुने र कम्पनीको समग्र व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिबृद्धि हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।

लगानी सम्बन्धी सम्झौताले बिदेशी ल्युबको आयातलाई रोकि नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको लुब्रिकेन्टलाई प्रोत्साहन मिल्ने कम्पनीका प्रबन्ध संचालक भोलेश्वर दुलालले बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्