Shikhar Insurance
National Life

ज्योति विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ माघ २०, शुक्रबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । ज्योति विकास बैंकले फागुन १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

बैंकको माघ १९ गते बिहीबार बसेको संचालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा विहान ११ः०० बजेदेखि सुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

यस्तै सभामा आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ देखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार माघ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्रै तोकेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्