Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकले ११.२५ % ब्याजमा माघ २९ गतेबाट ऋणपत्र निष्काशन गर्दै

सिंहदरबार संवाददाता
२०७९ माघ २०, शुक्रबार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ।

सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । सो मध्ये ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो । बाँकी रहेको ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रको निष्काशन बन्द छिटोमा फागुन ३ गते हुनेछ भने ढिलोमा फागुन १४ गते हुनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्