Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य सुधार

सिंहदरबार संवाददाता
२०७९ माघ १९, बिहीबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारको दिन बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । बुधबार ४.९७ अंकले बढेको नेप्से बिहिबार फेरी घटेको हो ।

बिहिबार नेप्से परिसूचक २२.१२ अंक घटेर २,०९४.५४ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.८० अंक घटेर ३९८.३७ को विन्दुमा झरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बिहिबार दिनभरीमा २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर २ अर्ब ९ करोड ६४ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन अर्थात बुधबार १ अर्ब ७६ करोड ७० लाख बराबरको कारोबार भएको थियो ।

कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । भने, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९ सय २८ दशमलव ९० रुपैयाँ पुगेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ५.८० प्रतिशतले घटेको ।

कारोबारको आधारमा बिहिबार सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको भएको छ । बैंकको १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी, एनआइसी एशीया बैंकको ५ करोड ५० लाख र आइएमई जनरल इन्स्यारेन्सको ४ करोड ९० लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्