काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ । लघुवित्तले फागुण १२ गते बिहान २४औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २ करोड १९ लाख ५० हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
त्यस्तै, सभाले संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साथै, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट २ जना, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी समेत गरेको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले फागुण २ गते देखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार फागुण १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्