Shikhar Insurance
National Life

आदर्श लघुवित्तद्वारा २१.०५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

सिंहदरबार संवाददाता
२०७९ माघ १९, बिहीबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको माघ १८ गते बुधबार बसेको संचालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले हाल कायम चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँको २१.०५ प्रतिशतका दरले हुन आउने ४३ लाख ५७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशतका दरले हुन आउने ४१ लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने १.०५ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने २ लाख १७ हजार नगद लाभांश रहेको छ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्