Shikhar Insurance
National Life

आईओसीले बढाएर पठायो इन्धनको मूल्य, निगम तनाबमा

सिंहदरबार संवाददाता
२०७९ माघ १८, बुधबार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । इण्डियन आयल कर्पाेरेशन(आईओसी)ले इन्धनको मूल्य बढाएर नयाँ सूचि पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ सूचि अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ ।

आईओसीले नयाँ मूल्य सूचि पठाएपछि निगम नेतृत्व भने तनाबमा परेको ेछ । नयाँ मूल्य अनुसारको इन्धनले निगमलाई १५ दिनमै ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ । विगत ४ महिनासम्म निगम सञ्चालन नाफामा थियो । निगमले सरकारसँग ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई ११ अर्ब बक्यौता बुझाउन बाँकी रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्