Shikhar Insurance
National Life

अपि पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ माघ १८, बुधबार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । अपि पावर कम्पनीले फागुन १४ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा बानेश्वर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थका लागि ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ३ अर्ब १३ करोड रुपैयाँको ४० प्रतिशतका दरले हुने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, सभामा आर्थिक वर्ष २०७८-७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भई  कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्