Shikhar Insurance
National Life

शुभम पावरको आईपीओ बिक्री खुल्ला, ५ हजार कित्तासम्म आवेदन दिन सक्ने

सिंहदरबार संवाददाता
२०७९ माघ १८, बुधबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । शुभम पावरले माघ १८ गते(आज) देखि साधारण सेयर (आइपीओ) निष्काश तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रति सेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आइपीओ आजदेखि सर्वसाधारणहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

जसमा लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले माघ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वसाधारणका लागि छुट्याएको आइपीओमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्