Shikhar Insurance
National Life

भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि

सिंहदरबार संवाददाता
२०७९ माघ १७, मंगलवार १६:३६
Hyundai
NCELL
NIMB

भोजपुर । भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । भोजपुरमा ८ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो ।

यस वर्ष ६ हजार २ सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष ५ हजार ४ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गर्दछ ।

अन्य बालीका तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट बिक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अङगाईँले बताए । यस वर्ष भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि भएको छ, उनले भने, “मौसम अनुकूल भएकाले सुन्तला राम्रो फलेको देखिन्छ । हामीले पनि किसानलाई प्राविधिक सहयोग गरिरहेका छौँ ।”

उत्पादन भएको सुन्तला प्रतिकेजी १ सयदेखि १ सय २० मा बिक्री हुँदै आएको छ । जिल्लाभर ९ सय २० हेक्टर क्षेत्रफमा सुन्तला खेतीभएको केन्द्रले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्