काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबार तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य गत ३ दिनदेखि अर्थात आइतबार देखि नै स्थिर रहेको जनाएको छ । मंगलबार चाँदीको मुल्य १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा सुनचाँदी व्यवसायी महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदकिो मूल्य तोक्ने गर्छ
प्रतिक्रिया दिनुहोस्