Shikhar Insurance
National Life

दुर्घटना न्यूनीकरणका लागि गरिएको काम कारबाहीबाट १६ करोड बढी राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०७९ माघ १६, सोमबार १२:५०
Hyundai
NCELL
NIMB

गण्डकी । गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीरकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सो अवधिमा २ लाख २५ हजार ५ सय ६३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको गगनगौडास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्ष २०७७ माघदेखि २०७८ पुससम्मको यसै अवधिमा १ लाख ३३ हजार ८ सय ६४ सवारी चालकलाई गरिएको कारबाहीमा ८ करोड ८७ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशमा यसवर्ष ६ हजार २ सय ६२ कार्यक्रम सञ्चालन गर्दा ९ लाख ६० हजार १ सय ४६ जना सहभागी भएका र अघिल्लो वर्षयसै अवधिमा गरिएको कार्यक्रममा ५ हजार ३८ वटा कार्यक्रममा ४ लाख ७६ हजार ८ सय ५४ जना सहभागी भएको प्रनाउ सुवेदीले बताए ।

प्रदेशमा यसवर्ष ४ सय २ वटा दुर्घटना भएकामा २ सय १३ मानिसको मृत्यु, ३ सय ८१ जना सख्त घाइते, दुई सय ४५ सामान्य घाइते भएका र त्यसमा ५ सय १४ वटा सवारीसाधन परेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष ४ सय १५ वटा दुर्घटना हुँदा २ सय ५१ जनाको मृत्यु, दुई सय ७४ सख्त घाइते, दुई सय ७० जना सामान्य घाइते भएका र त्यसमा पाँच सय ५४ सवारीसाधन परेका थिए ।

ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणका लागि सञ्चालित नमस्ते अभियान, विद्यालय सचेतना कार्यक्रम, चालकसँग एक मिनेट कार्यक्रम, वातावरण मैत्री ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष र प्रशिक्षण जस्ता १२ वटा शीर्षकका कार्यक्रम प्रभावकारी बनेको उनले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्