Shikhar Insurance
National Life

‘ऋणी लिएर तिर्दिन भन्नु बैंकिङ कसुर हो, असुलीमा राष्ट्र बैंकले साथ दिन्छ’–डेपुटी गभर्नर नीलम ढुंगाना

सिंहदरबार संवाददाता
२०७९ माघ १६, सोमबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीइय संस्थाबाट कर्जा लिएर तिर्न सनसक्ने भन्दै आन्दोलन गर्ने विभिन्न निकाय धाउने प्रचलन बढ्दै गएको छ । तर, कर्जा लिएर ऋणीले तिर्दिन भन्नु बैंकिङ कसुर भएको हुँदा असुलीमा नेपाल राष्ट्र बैंकले साथ दिने डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले बताएकी छिन् । नेपाल लघुवित्त वित्तीय संस्था बैंकर्स संघको १६औं वार्षिक साधारण सभामा उनले सो बताएकी हुन् ।

‘ऋणीले पनि लिएको ऋणी तिर्दिन भन्न पाउँदैनन्, त्यो बैंकिङ कसुर अन्तर्गत पर्छ, यस्तो अवस्थामा राष्ट्र बैंकले लघुवित्तलाई साथ दिन्छ,’ कार्यक्रममा उनले भनिन्, ‘तर, लघुवित्तहरुले रेगुलेटरी र सुपरभाइजरीमा छुट भने छैन, औषधी खाँदा तितो भएपनि त्यसले रोग निको पार्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तहरुमा भएको समस्या हटाउन र संस्थालाई बलियो बनाउँदै वित्तीय सुशासन कायम राख्न राष्ट्र बैंकले सोही अनुसार नियमन र सु्परिवेक्षण गरेको हुँदा सोको पालना नगरे लघुवित्त ऐनले तोके बमोजिम कारवाहीमा पर्ने उनले बताइन । उनले लघुवित्तहरु एएमएल/सीएफटीका विषयमा पनि विषेश ध्यान दिन निर्देशन दिइन् । साथै, मर्जर तथा प्राप्तिका विषयमा समेत लघुवित्तहरुले अवस्था हेरेर विषेश कदम चाल्नु पर्ने उनको भनाइ थियो ।

यस्तै, उनले अधिकांश लघुवित्त वित्तीय संस्थाहरुमा कर्जा अपचलनको समस्या भएको बताएकी छिन् । ‘धैरै लघुवित्तमा कर्जा अपचलनको समस्या छ, नक्कली ऋणीको महाभारत जस्तो लिस्ट बनेको छ,’ उनले भनिन्, ‘एउटालाई त नियन्त्रणमै लिनु पर्यो भने अन्य संस्था पनि त्यो अवस्थामा पुग्ने संकेत देखिन्छ ।’ लघुवित्त संस्थाहरुमा एभग्रिनको समस्या पुरानै भएको भन्दै उनले लघुवित्तहरुले ऋणीको क्षमता मुल्यांकन गरेरमात्रै कर्जा दिनु पर्ने बताइन ।

‘लघुवित्तले ऋणीको क्षमता हेरेर उत्पादन मुलक क्षेत्रका लागि मात्रै कर्जा दिनुपर्छ, छोरा/छोरीको बिहे गर्नको लागि ऋण दिनु लघुवित्तकै गल्ती हो, त्यो सुधार होस्,’ उनले भनिन्, ‘‘लघुवित्तले सजग भएरकर्जा प्रवाह गर्नुपर्छ, सेयरधनीको हितको लागि मात्रै होइन, सेवामुखि हुनुपर्छ।’

लघुवित्त घाटामा गएका भन्दै बिलौना गरेपनि उच्च लाभांश बाँढ्न कसरी सम्भव भयो भन्दै उनले लघुवित्तकर्मीहरु तर्फ प्रश्न गरेकी थिइन् । उनले लघुविवत्तहरुले तोके बामोजिम कर्जामा प्रोभिजन नगरेको भन्दै आवश्यक प्रोभिजन गर्न निर्देशन दिएकी थिइन् ।

यसैगरी, सो कार्यक्रममा संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्त संस्थाहरुले राम्रो काम गरेको भएपनि त्यसको जस भने, नपाएको गुनासो गरेका थिए । पछिल्लो समय लघुवित्त नियोजित रुपमा लाग्ने समुहहरुले चुनौती थप हुँदै गएको उनले बताए ।

‘राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा रहेर व्यवसाय गर्न केही लघुवित्तहरुलाई चुनौती नै छ भने पछिल्ले समय लघुवित्त खारेजी गर्नु पर्छ र ऋणी मिनाह हुनुपर्छ भन्नेलाई रोक्नुपर्नेछ अर्को चुनौती सबै लघुवित्तहरुमा छ,’ उनले भने, ‘गलत गर्नेलाई राष्ट्र बैंकले सजाँय दिवोस्, तर, एउटा लघुवित्तले गरेको गल्तिलाई समग्र क्षेत्रलाई दोष दिन भने मिल्दैन ।’

लघुवित्त संस्थाहरु विरुद्ध नियमित रुपमा विभिन्न किसिमका अवैधानिक गतिविधिहरु संचालन गरिएको हुँदा कर्जा असुलीमा ठुलो समस्या सृजना भएको हुँदा राष्ट्र बैंकले सोमा सहयोगी भुमिका निर्वाह गर्नु पर्ने उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्